ताजा अपडेट »

भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता

सोमबार, ०२ जेठ २०७९, २१ : ०७
2 Shares

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ। पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी छन्।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।