ताजा अपडेट »

धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी

सोमबार, ०२ जेठ २०७९, १८ : ५७
4 Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् ।

माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए ।उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।