ताजा अपडेट »

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत

सोमबार, ०२ जेठ २०७९, १३ : ५३
19 Shares

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा निर्वाचनको विजयी उत्सव मनाउन आउँदै गरेको गाडी दुर्घटनामा परि मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । गाडीको छतमा बसेर विजयी उत्सव मनाउन आउँदै गरेकाहरुलाइ करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुमाख गाउँपालिका १ स्यानीपिप्लीका २६ वर्षीय लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका २३ वर्षीय गोपाल बुढाथोकी रहेको चौरजहारी मिशन अस्पतालले जनाएको छ ।त्यसैगरी घाइते हुनेहरुमा १६ वर्षीय हिमाल राना, २१ वर्षीय नविन रावत, १६ वर्षीय विनोद बुढा, १३ वर्षका महेन्द्र रावत, १४ वर्षका निखिल विक, १५ वर्षका लोकमनी बुढाथोकी, १६ वर्षका प्रकाश बुढाथोकी, १४ वर्षका निरज बुढाथोकी, १४ का डिल्ली बुढाथोकी, १३ का सोलन बुढाथोकी, १५ का हेमन्त बुढाथोकी, १४ का प्रकाश शाह, १७ का हेमन्त विक र १९ वर्षका गिहिन्द्र विक रहेका छन् ।

घाइतेहरुको चौरजहारी मिशन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।