२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।  ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

Advertisement

निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण स्थानीय तह निर्वाचनमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको तालमेललाई गठबन्धनमा संलग्नसबै राजनीतिक दल र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गरको दाबी विज्ञप्तिमा गरिएको छ । ‘यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । यसलाई हामीले स्वभाविक मानेका छौं,’ विज्ञप्तिमा कांग्रेसले भनेको छ  । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको स्मरण विज्ञप्तिमा गरिएको छ । 

‘तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ । 

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको भएको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । 

लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ,’ कांग्रेसले भनेको छ ।  सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी विज्ञप्तिमा गरिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग