२१ असार २०७९, मंगलवार

Jul 5, 2022

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ। मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो ।

Advertisement

माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल सञ्चालन गरिरहेका अनिश अहमदले आइतबार दिउँसो पनि केहीबेर व्यवसाय बन्द गर्न प्रशासनले दबाब दिएको बताए । उनका अनुसार आज सोमबार भने बिहानैदेखि पसल खोल्न प्रशासनले रोक लगाएको छ । उनले भने, ‘हिजो (आइतबार) पूर्वअभ्यास भन्दै बिहान १० बजेदेखि १ बजेसम्म यहाँको पसल खोल्न दिइएन । आज त बिहानैदेखि कसैले पनि व्यवसाय खोल्न पाएनन् ।’

लुम्बिनीको मुख्य व्यवसायिक केन्द्र पर्सा चोकमा रहेका पसल व्यवसायहरु सोमबार बिहानैदेखि खुलेका छैनन् । ठूला व्यवसायिक प्रतिष्ठानहरूदेखि साना ठेला गाडाहरूमा किनबेच ठप्प भएको छ ।लुम्बिनीमा बौद्ध पूर्णिमाका दिन पर्यटक आगमन धेरै हुने हुँदा व्यवसायीहरू सधैं उत्साहित रहन्थे । तर, यस पटक भने मोदी आउने भएपछि विशिष्ट सवारीलाई सुरक्षाको कारण देखाउँदै पसल खोल्न नदिएपछि व्यवसायीहरु निरास भएका छन् ।

लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्, ‘बौद्ध पूर्णिमामा यहाँका स्थानीयका लागि मात्रै होइन व्यवसायीका लागि पनि उत्सवको दिन हो । पर्यटकको आवागमनले अघिपछि चलायमान भइरहेको व्यवसाय बौद्ध पूर्णिमाकै दिन ठप्प भएको छ । व्यवसायीहरू निराश छन् ।’

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराज कार्कीका भनाइमा मोदीको आगमनका लागि सुरक्षाको प्रबन्धअनुसार व्यवसायहरू बन्द गरिएका हुन् । उनी भन्छन्, ‘भीआईपी सवारीका लागि सुरक्षा मिलाउने क्रममा भिडभाड नहोस् भन्नका लागि व्यवसाय बन्द गरिएका हुन् ।’लुम्बिनीसँग स्थानीयलाई जोड्न नसकेको भन्दै समयसमयमा आलोचना हुने गरेको छ । बर्षौदेखि बौद्ध पूर्णिमा मनाइरहेका स्थानीयका लागि मोदीको भ्रमणले खासै उत्साहित बनाएको छैन ।

‘लुम्बिनीभित्र के हुन्छ भन्ने कुराले हामी बाहिरका लाई खासै मतलब हुँदैन,’ एक व्यवसायी भन्छन्, ‘तर नयाँ बर्ष, बौद्ध पूर्णिमामा यहाँका स्थानीय व्यवसायीहरू उत्साहित हुने गर्दथे । यसपटक बिहानैदेखि पसल बन्द गरेर बस्नु परेको छ ।’पर्साचोक वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन