ताजा अपडेट »

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

सोमबार, ०२ जेठ २०७९, १२ : ३६
10 Shares

सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।