२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । 

Advertisement

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कने छन् । 

तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा विहान एघार बजेतिर लुम्बिनी आउने छन् । त्यसपछि उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । 

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटवघाट गर्ने जनाइएको छ । 

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल-भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ । 

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली