ताजा अपडेट »

सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी

सोमबार, ०२ जेठ २०७९, ०९ : ४०
35 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरको वडा नम्बर २ मा गठबन्धनलाई पराजित गर्दै एमालेले खाता खोलेको हो । आज विहान सकिएको मतगणनामा एमालेका अमर बहादुर कंडेलले ८९ मत बढी ल्याएर विजयी भएका छन् ।

उनले ९४५ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका प्रेम कुमार शर्मा सागरले ८५६ मत ल्याए । वडा नम्बर २ मा कूल २४९४ मत खसेको थियो । जसमा २४ मत बदर भएको छ । 

त्यसै गरी महिला सदस्यमा नेकपा एमालेका जुनुकुमारी राना, दलित महिला सदस्यमा मोति सुनार र खुल्ला सदस्यहरुमा एमाले र कांग्रेसका एक एक जना विजयी भएका छन् ।  स्वतन्त्र उम्मेदवार राजबहादुर क्षेत्रीले ३५७ मत ल्याए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।