२१ असार २०७९, मंगलवार

Jul 5, 2022

चितवन । चितवनका  सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको छ ।

Advertisement

जिल्लाका ९८ मध्ये २० वटा वडाको मत परिणाम सार्वजनिक गरिएको छ । पाँच दलीय गठबन्धनका उमेदवारले १२ वडामा जितेका छन् । नेकपा (एमाले) छ र राप्रपा दुई वडामा विजयी भएका छन् । पाँच दलीय गठबन्धनमा पनि नेपाली कांग्रेसले नौ र नेकपा (माओवादी केन्द्र)ले तीन वडा जितेका छन् ।

कांग्रेसले भरतपुर महानगरपालिका–१, २, खैरहनी नगरपालिका–१, २, ३, कालिका नगरपालिका–१, १० र रत्ननगर नगरपालिका–१ र २ मा जितेको छ । एमालेले इच्छाकामना–२, ६, कालिका–२, ११ र राप्ती–४ र ६ र माओवादीले इच्छाकामना–१, माडी–१ र ९ मा जितेको छ । राप्रपाले माडी–१ र ८ मा जितेको छ ।

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका–१ को अध्यक्षमा कांग्रेसका केशव महर्जन १३ सय ९७ मत ल्याएर निर्वाचित भए । निकटम प्रतिस्पर्धी एमालेका शुक्रकुमार श्रेष्ठले १३ सय १३ मत ल्याएर पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । 

भरतपुर–२ को अध्यक्षमा पनि कांग्रेसकै उमेदवार मनोज रानाभाटले २ हजार ९९ मत ल्याएर निर्वाचित भए । रानाभाटले निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर केसीलाई ३४ मतान्तरले पराजित गरेका हुन् । एमालेका केसीले २ हजार ६५ मत ल्याएका थिए ।

रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो । वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए । सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए । यस वडामा माओवादी र एकिकृत समाजवादीले पनि उमेदवारी दिएको थियो ।

रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे । अध्यक्षमा उमेदवारी दिएका माओवादी र समाजवादीका उमेदवार पनि पराजित भए ।

इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालिका–१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर (६३९) निर्वाचित भए । एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याएपनि निर्वाचित हुनका लागि पर्याप्त भएन । गिरी १० मतान्तरले पराजित भए । उनी निर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यहरुमा सबै एमालेका उमेदवार निर्वाचित भए । 

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो । अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे । 

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नर बहादुर नेपाल निर्वाचित भए । नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए ।

राप्ती नगरपालिका
राप्ती नगरपालिका–४ को अध्यक्षमा केदार प्रसाद आचार्य १३ सय ५० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपीकृष्ण बर्ताैलाले १२ सय १२ मत ल्याएका थिए । सदस्यमा मिश्रित परिणाम आएको छ ।

राप्ती–६ को अध्यक्षमा एमालेका जल्लु महतो थारुले १८ सय १६ मत ल्याएर पुनः निर्वाचित भए । सदस्यमा एमालेकै ममिता कुंवर, राजकुमार तामाङ, सहदेव सेढाइ र जुनु विक निर्वाचित भए । अध्यक्षका उमेदवार कांग्रेसका बिक्रम चौधरीले ११ सय १३ मत प्राप्त गरे पनि निर्वाचित हुन पर्याप्त भएन ।

माडी नगरपालिका
माडी नगरपालिका–१ को अध्यक्षमा राप्रपाका अमित लामा १४ सय ३३ मत ल्याएर विजयी भए । यसअघि वडा सदस्य भइसकेका लामाले निकटम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरीलाई ४९० मतान्तरले पराजित गरे । चौधरीले ९४३ मत प्राप्त गरे । 

माडी–२ को अध्यक्षमा माओवादी केन्द्रका डण्डपाणी पौडेल निर्वाचित भए । ६३२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विजय गुरुङले ५३५ र एमालेका नारायण प्रसाद अधिकारीले ४७१ मत प्राप्त गरे । 

माडी–८ को अध्यक्षमा राप्रपाकै विरेन्द्र बहादुर भण्डारीले ६५४ मत ल्याएर विजयी भए । भण्डारीले निकटम प्रतिस्पर्धी एमालेका उमेदवार कृष्णराज अधिकारीलाई ६५ मतान्तरले पराजित गरे । निवर्तमान वडाध्यक्ष समेत रहेका अधिकारीले ५८९ मत प्राप्त गरे भने निर्वाचित हुनका लागि पर्याप्त भएन । 

माडी–९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडी एक हजार १८ मत ल्याएर निर्वाचित भए । दवाडीले निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीलाई ५१० मतान्तरले पराजित गरे । निवर्तमान वडाध्यक्ष समेत रहेका सुवेदीले ५०८ मत मात्रै ल्याएर लज्जास्पद हार व्यहोरे । 

खैरहनी नगरपालिका
खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । 

खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । 

खैरहनी–३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७७७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । सदस्यमा मिश्रित परिणाम आएको छ ।

कालिका नगरपालिका
कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तविर स्याङतान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङतानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । 

कालिका–२ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दन प्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नर जंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका धन विर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।कालिका–११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याएपनि निर्वाचित हुनका लागि पर्याप्त भएन । 

प्रतिकृया दिनुहोस्

Flash News

७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ