ताजा अपडेट »

पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, ०९ : ०१
2 Shares

पोखरा । पोखरा महानगरपालिका-१ मा एमाले र २ मा कांग्रेस विजयी भएकाे छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् ।

उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् ।

सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

पोखरा-२ मा कांग्रेसकाे प्यानल विजयी भएको छ । कांग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले कांग्रेस विजयी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।