ताजा अपडेट »

तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी

सोमबार, ०२ जेठ २०७९, ०८ : ३९
2 Shares

बुटवल । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत तिलोत्तमाको चुनावी मत परिणाम रोचक बन्दै गएको छ । जारी मत गणनामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार रामकृष्ण खाँण र नेकपा एमालेका उम्मेदवार मोहन चापागाईं बीच कडा टक्कर देखिएको हो ।

पछिल्लो मत परिणाम अनुसार खाँणले अग्रता कायम गरेका छन् । तिलोत्तमा अहिलेसम्म गणना भएको मत ७९६८ मा खाँणले ३०७६ मत प्राप्त गरेका छन् भने चापागाईंले २८८८ मत प्राप्त गरेका छन् ।

यसैगरि उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तरले अघि बढेकी छन् । उनले २७३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी गठबन्धन दलको १४०४ मत छ । प्राप्त मत परिणाम अनुसार तिलोत्तमा १ को  वडाध्यक्षमा एमालेको १४७७ र नेपाली काँग्रेसको १३२९ मत प्राप्त भएको छ । तिलोत्तमा १७ वडाध्यक्षका लागि एमालेको ८०७
र काँग्रेसको १६८९ मत प्राप्त भएको छ ।

तिलोत्तमा वडा नम्बर१६ को ५५० मत गणना गर्दा सुर्यको वडा अध्यक्षमा २३२ र रुखको २७२ मत रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।