ताजा अपडेट »

बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी

सोमबार, ०२ जेठ २०७९, ०८ : ००
10 Shares

बुटवल । नेकपा एमालेले बुटवलको वडा नं १९ बाट बिजयको पहिलो खाता खोलेको छ। बुटवल उपमहानगर पालिका वडा नं १९ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र सिंह थापाको प्यानल सहित बिजय हासिल गरेको हो।

नेकपा एमालेका चन्द्र सिंह थापाले नेपाली कांग्रेसका मिन प्रसाद श्रेष्ठलाई पराजित गर्दै बिजयी भएका हुन। यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका भिम बहादुर क्षेत्रीसंग थापा पराजित भएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।