ताजा अपडेट »

लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने

सोमबार, ०२ जेठ २०७९, ०७ : ४९
6 Shares

काठमाण्डाैं । आज मुलुकका केही क्षेत्रकाे वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती  र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ । राति प्रदेश १ र  गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चटयाङहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।