ताजा अपडेट »

दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी

सोमबार, ०२ जेठ २०७९, ०७ : ४३
2 Shares

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उमेदवार विजयी भएका छन् । आज विहान सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुवास पुनले ५७४९ मत प्राप्त गरी विजयी भएकोे हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार निकटतम प्रतिष्प्रर्धी एमालेका उमेदवार भेषराज खत्रीले ३६७५ मत प्राप्त गरेका हुन् ।

पुन र खत्री बिचको २०७४ मतान्तर रहेको छ । पुन नेकपा माओवादी केन्द्र दाङका संयोजक समेत हुन् । यस्तैगरी उपाध्यक्षमा गठबन्धनका उमेदवार नेपाली काँग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका हुन् । उनले ५९४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्प्रर्धी एमालेका उमेदवार सरस्वती घर्तिले ३२६५ मत प्राप्त गरेको जानकारी दिए । जिसी र घर्तीको २६८० मतान्तर रहेको छ । साथै वडामा पनि गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा निर्वाचित
वडा नम्वर ३ मा शोभराज बिस्वकर्मा
वडा नम्वर ५मा लिलेश मगर
वडा नम्वर ७ मा गिरबहादुर थापा
वडा नम्वर ८ मा झबिन्द्र गाहा मगर

नेपाली कांग्रेस
वडा नम्वर १ मा विष्णु कंवर
वडा नम्वर २ मा मैते पुन
वडा नम्वर ४ मा डास बहादुर डागीँ
वडा नम्वर ६ डोम बहादुर केसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।