ताजा अपडेट »

तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा

आइतबार, ०१ जेठ २०७९, २१ : ५६
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा प्रमुख पदमा कडा प्रतिष्पर्धा भएको छ । नेकपा एमालेका तर्फबाट मोहन चापागाइँ र नेपाली कांग्रेसका रामकृष्ण खाँणबीच झिनो मतान्तरले अघिपछि हुँदै आएको छ।

पछिल्लो नतीजा अनुसार एमालेका मोहन चापागाइँले अग्रता लिएका छन् । ५ हजार ५ सय २ मत गणना हुँदा उनले १९ सय मत प्राप्त गरेका छन् भने खाँणले १८ सय ९० मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।