ताजा अपडेट »

देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी

आइतबार, ०१ जेठ २०७९, २१ : ३८

बुटवल । रुपन्देहीको देवदहमा नेकपा एमालेले विजयी शुरुवात गरेको छ । एमालेले देवदह २ बाट विजयी शुरुवात गरेको हो । वार्ड नं.२ का एमाले उम्मेद्वार दलबहादुर रास्कोटी विजयी भएका हुन् । उनले ९ सय ६६ मत प्राप्त गरेका छन् । राकास्कोटीले प्रतिद्धन्द्धी नेपाली काग्रेसका विक्रम पौडेललाई २६३ मतले पराजित गर्दै विजयी भएका हुन् ।

एमालेले वार्ड नं.२ प्यानलसहित विजयी हासिल गरेको हो । सदस्यहरुमा गिता भण्डारी, बेलुमाया बम्रेल,प्रसाद गुरुङ अणप्रसाद न्यौपाने विजयी भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।