ताजा अपडेट »

जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता

आइतबार, ०१ जेठ २०७९, २१ : २५
23 Shares


बुटवल । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । जेठ ३ गते स्मृतिदिवसको दिनबाट सुरु हुने प्रतियोगिताको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ८ बजे भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता उद्घाटन हुने आयोजक संस्थाका केन्द्रीय सदस्य एवम् क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रतियोगिताकालागि रुपन्देहीको बुटवल, भैरहवा, सैनामैना र देवदहबाट खेलाडी छनोट गरिएको छ । जसमाजिल्लाभरका १४ वर्षमूनिका ६४ जना खेलाडी छनोट भएका छन् । छनोटमाआएका १ सय खेलाडीबाट उनीहरुलाई छनोट गरिएको हो । लिगकाआधारमा खेलाइने खेल जेठ ६ गतेसम्म संचालनहुनेछ । प्रतियोगिताअन्तरगतप्रत्येक लिग २५ ओभरको हुनेछ ।

प्रतियोगिताजित्नेले मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । किशोर उमेरका बालबालिकालाई खेलकूदमा प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरेको उनले बताए । प्रतियोगिताबारे जानकारी दिन बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका खेलाडीहरुको जर्सी प्रदशर्न गरियो ।

कार्यक्रममाबोल्दै एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले किशोर खेलाडी छनोट गर्दै भविष्यमा व्यवसायिक खेलाडी उत्पादनकालागि प्रतियोगिता आयोजना गरेको बताए । उनले बालबालिका तथा युवालाई कुलतबाट जोगाउँदै शारीरिक एवम् मानसिक रुपले स्वस्थ बनाउन खेल अपरिहार्य रहेकाले मदनको विचारसंगै खेलकूदको विकासमा लागेको बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका रुपन्देही अध्यक्ष मणिरत्न भण्डारीले खेलकूदको व्यवसायिक विकासका लागि राज्यको समेत ध्यान नगएको अवस्थामा एकेडेमीले खेल गतिविधि अगाडि बढाएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।