ताजा अपडेट »

रुरुक्षेत्र १ मा एमालेकाे प्यानल नै विजयी

आइतबार, ०१ जेठ २०७९, २० : २५
2 Shares

रिडी । वाम राजनीतिकाे लामाे ईतिहास बाेक्ने गुल्मीकाे रुरुक्षेत्र गाउँ पालिका वडा न १ ले सँघियता पछिकाे दाेस्राे स्थानीय तहकाे निर्वाचनमा पनि आफ्नो वर्चस्व कायम राखेकाे छ ।

आईतबार सम्पन्न मतगणनाकाे नतिजा अनुसार रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे वडाध्यक्षमा नवराज वि क खुल्ला पुरुष सदस्य द्वयमा शुसिल श्रेष्ठ र घनस्याम ज्ञवाली खुल्ला महिला सदस्यमा लक्ष्मी भट्टराई र दलित महिला सदस्यमा लक्ष्मी सुनार विजयि बनेका छन । प्राप्त जानकारी अनुसार नेकपा एमालेका तर्फबाट रुरुक्षेत्र १ का वडाध्यक्षका उम्मेदवार नवराज विकले ८ सय सत्तरी मत पाएका छन भने निटकतम प्रतिद्वन्द्वी गठवन्धनका अमूल्य श्रेष्ठले ७ सय पचहत्तर मत प्राप्त गरेका छन ।

यी दुई उम्मेदवारका विचमा पन्चानब्बे मतकाे अन्तर छ । यसैगरी खुल्ला पुरुष सदस्यका उम्मेदवार शुसिल श्रेष्ठले ९ सय एकानब्बे र घनस्याम ज्ञवालीले ९ सय सत्सट्ठी मत प्राप्त गरि विजयि भएका छन । यसै गरि महिला सदस्यमा लक्ष्मी भट्टराईले ९ सय उनान्सय र दलित महिला सदस्यमा लक्ष्मी सुनारले सर्वाधिक एकहजार आठ मत प्राप्ति गरि विजयी भएकि छन । याे पटक रुरुक्षेत्र गाउँ पालिका १ मा गठबन्धनले पनि आफ्नो मत बढाए पनि विजय हात पार्न भने सकेन ।

पन्चायतका काल रात्रिमा समेत साविककाे रुरु गाउँ पन्चायतमा जनपक्षिय उम्मेदवार हरुले जित हासिल गर्न सफल भएका थिए । बहुदलीय प्रजातन्त्र पछि पनि रुरु गाउँ विकास समितिमा नेकपा एमालेले आफ्नो विरासत कायम राख्न सफल ठाउँ हाे । सँघियता पछि रुरुक्षेत्र गाउँ पालिका वडा न १ बनेकाे याे वडामा च्यूरेक रिडी र भट्कुवा गाउँहरु छन ।

लाेकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनहरु सँगै कम्युनिस्ट आन्दोलनकाे उर्वर भुमीकाे रुपमा रहेकाे याे वडाकाे भट्कुवा एमालेका युवराज ज्ञवाली लगाएतका राष्ट्रिय नेताहरुकाे जन्मथलाे हाे । कहिल्यै वाम राजनीति बाट अलग नरहेकाे रुरुक्षेत्रका वडा न १ गुल्मी जिल्लाकाे प्रवेश द्वार सँगै धार्मिक पर्यटन स्थल समेत हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।