ताजा अपडेट »

सत्ता गठबन्धनले तीन चरणमा धाँधली गर्‍यो: एमाले

आइतबार, ०१ जेठ २०७९, १७ : ०८
4 Shares

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि धाँधली गरेको आरोप लगाएको हो ।

सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग समेत गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।