ताजा अपडेट »

काठमाडौंको उपप्रमुखमा डंगोलले ल्याईन् समाजवादीकोभन्दा तीन गुना बढी मत

आइतबार, ०१ जेठ २०७९, १६ : ४०
2 Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् । निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् ।

यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुनाभन्दा बढी हो । एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।