ताजा अपडेट »

गुल्मीको चन्द्रकोटमा १० हजार २५ मत गन्दा गठबन्धनका केसी दोब्बर मतले अघि

आइतबार, ०१ जेठ २०७९, १६ : १९
4 Shares

गुल्मी । गुल्मीको चन्द्रकोटमा सत्ता गठबन्धनको टोलीले फराकिलो अग्रता बनाएको छ । साथै ४ वडामा बहुमतका साथ जित हासिल गरिसकेको छ भने निकटम पर्तिस्पर्धी एमालेले भने कुनै वडामा पनि जित हासिल गर्न सकेको छैन ।

सत्ता गठबन्धनबाट अध्यक्ष उम्मेद्वार नेकपा माओवादी केन्द्रका चिरपरिचित युवा नेता युवराज केसी हुन । यो भन्दा अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित केसीले यो पटक भने ४८२४ मतका साथ अग्रता ल्याईरहेका छन । उनलाई नेकपा एमालेका चेतन बस्नेतले २५२२ मतका साथ पछ्याईरहेका छन् ।साथै मंगोल नेशनल अर्गानाईजेसनको १२८ मत आएको छ भने स्वतन्त्र उम्मेदवार ले मात्र ७ मत लिएका छन् ्र

साथै उपाध्यक्षमा सत्ता गठबन्धनका साझा उम्मेद्वार विष्णु प्रसाद भण्डारीले ४२३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी राधिका अर्याल ले २९८७ मत प्राप्त गरेकी छन््र साथै मंगोल नेशनल अर्गानाईजेसन को उपाध्यक्ष मा १२६ मत रहेको छ ्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।