ताजा अपडेट »

विवादपछि भरतपुर महानगरपालिकाको मतगणना रोकियो

आइतबार, ०१ जेठ २०७९, १५ : ३३
6 Shares

चितवन । भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । 

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।