ताजा अपडेट »

रुरुक्षेत्रमा एमालेले खोल्यो खाता: वडा नं.६ मा जित्यो वडाध्यक्ष

आइतबार, ०१ जेठ २०७९, १३ : ०४
6 Shares

रुरुक्षेत्रमा एमालेले खोल्यो खाता: वडा न.६ मा जित्यो वडा अध्यक्ष पद आईतवार साँझबाट शुरु भएकाे रुरुक्षेत्र गाउँ पालिका गुल्मीकाे मतगणनाकाे पहिलो नतिजा नेकपा एमालेकाे पाेल्टामा परेकाे छ ।

मत गणना शुरु भएकाे करिब बीस घण्टामा रुरुक्षेत्र ६ रिमुवाकाे नतिजा सार्वजनिक भएकाे हाे । रुरुक्षेत्रमा एमालेले खाता खोलेको छ। वडा न. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेबाट रोमनाथ पौडेल निर्वाचित भएका छन् । कुल १ हजार ५ सय ६९ मत खसेकोमा पौडेल ७ सय ६८ मतसहित विजयी भएका हुन् ।

पौडेलले ९ मतले बाजि मार्न सफल भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी साझा गठबन्धनका फर्सबहादुर दर्लामीले ७५९ मतमा चित्त बुझाएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।