ताजा अपडेट »

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ११ : ५१
2 Shares

बुटवल । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन्।

एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्। त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ५ सय ४२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।