ताजा अपडेट »

स्थापितभन्दा झण्डै दोब्बर मतले अघि बालेन

आइतबार, ०१ जेठ २०७९, १० : ५६
4 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को अग्रता कायमै छ ।

हालसम्म काठमाडौंमा करिब ६ हजार मत गणना सम्पन्न भएको छ । जसमा बालेननले २ हजार २३८ मत पाएका छन् । शाहलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । स्थापितले १ हजार २१९ मत ल्याएका छन् । 

तेस्रोमा गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले १ हजार ८१ मत पाएकी छन् । उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर भारी मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।