ताजा अपडेट »

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ०८ : ००
14 Shares

काठमाण्डौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाएका छन् । 

उनलाई एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । मतगणना जारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।