ताजा अपडेट »

तिलोत्तमामा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

शनिबार, ३१ बैशाख २०७९, १४ : १४
4 Shares

बुटवल । स्थानीय तह निर्वाचन अन्तर्गत रुपन्देहीको सर्वाधिक चासोका रुपमा लिइएको तिलोत्तमा नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।
नगरको वार्ड नं.१ को एक सय मत गणना गर्दा नेकपा एमालेबाट नगर प्रमुखका उम्मेद्वार मोहन चापागाइँले ४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामकृष्ण खाँणले ३८ मत प्राप्त गरेका छन् ।

नेपालकै उत्कृष्ट नगरपालिकाको पहिचान बनाएको तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो । प्रमुखका दावेदार रामकृष्ण खाँण उनका सहोदर भाई हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।