ताजा अपडेट »

घोराही उपमहानगरमा गठबन्धनको सुरुवाती अग्रता

शनिबार, ३१ बैशाख २०७९, १४ : ०४
2 Shares

बुटवल । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका हेमराज शर्मा (डायमण्ड)ले १७२ मत ल्याउँदै सुरुवाती अग्रता कायम गरेका हुन् ।

एमालेबाट उम्मेदवार बनेका नरुलाल चौधरीले १४५ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १६७ मत ल्याएका छन् । एमालेबाट उपप्रमुखकी उम्मेदवार हुमा डिसीले १४७ मत ल्याएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।