ताजा अपडेट »

पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि

शनिबार, ३१ बैशाख २०७९, १२ : ३०
6 Shares

पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसाे २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसाे २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।