ताजा अपडेट »

रुपन्देही सुद्धोधनमा काँग्रेसलाई अग्रता

शनिबार, ३१ बैशाख २०७९, १२ : २१

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । सुद्धोधन १ को २२ सय मत गन्दा रुख चिन्ह ७९२ मतका साथ अघि रहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार प्रमुख पदका लागि छातामा ६९०, हलो ३२८ र सूर्य १९८ मत रहेको छ । यसैगरी उप प्रमुख पदमा छातामा सबैभन्दा बढी ७०८, हलो ३३१, सूर्य १६२ र रुखमा १४२ मत रहेको छ ।

यसैगरि वडाध्यक्षमा रुख ८०६, छाता ७७५, हलो ३५८ र सूर्यले १०१ मत प्राप्त गरेको छ । सद्धोधन एकमा कूल २८९२ मत खसेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।