ताजा अपडेट »

रुपन्देहीको रोहिणीमा राप्रपाको अग्रता, पछ्याउँदै जसपा

शनिबार, ३१ बैशाख २०७९, ०८ : ३२
2 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ ।

वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मदेवारले ७८ मत प्राप्त गरेका छन भने जसपाले ४९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस २८ मत सहित तेश्रो र नेकपा एमाले १३ मत सहित चौथो स्थानमा रहेको छ ।

उपाध्यक्ष पदमा राप्रपाले ६१ मत प्राप्त गर्दा जसपाले ४३, नेकपा एमालेले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसै गरि वडा अध्यक्षको लागी राप्रपाले ६९ मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ मत प्राप्त गरेको छ । जसपाले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १५ मत प्राप्त गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।