ताजा अपडेट »

भैरहवामा कांग्रेसको अग्रता, दोश्रोमा राप्रपा

शनिबार, ३१ बैशाख २०७९, ०८ : १३
6 Shares

भैरहवा । स्थानीय तह निर्वाचन अन्र्तगत सिद्धार्थनगर नगर पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई पछ्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टी दोश्रोमा रहेको छ ।

यस अघि निर्वाचित नेकपा एमाले भैरहवामा तेश्रो स्थानमा रहेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहेको छ । राति १ बजेदेखिवडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।

वडा नम्बर १ को पक्लिहवा बुथ अन्र्तगत ७ सय ९२ मत गणना गर्दा प्रमुख पदका लागी नेपाली कांग्रेसले ३ सय ९१ मत गरेको छ भने राप्रपाले १ सय ६५, नेकपा एमालेले ६२ र जसपाले ५३ मत प्राप्त गरेको छ । उप–प्रमुख पदको लागी गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १ सय २७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीले १ सय ४४ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले १ सय ७ र एमालेले ८६ मात प्राप्त गरेको छ । वडा अध्यक्षमा पनि नेपाली कांग्रेले ठूलो अग्रता लिएको छ । कांंग्रेसले ४ सय १६ मत प्राप्त गर्दा जसपाले १ सय ६५ मत सहित उसलाई पछ्याएको छ । राप्रपाले ४३, एमालेले ४८ र माओवादीले ८ मत प्राप्त गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।