ताजा अपडेट »

काठमाण्डौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

शनिबार, ३१ बैशाख २०७९, ०६ : ००
2 Shares

काठमाण्डौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।  काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो । 
हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ । 

 चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी   स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।