ताजा अपडेट »

८५ हजार ५ सय ४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ४ सय २८ मत खस्यो

शुक्रबार, ३० बैशाख २०७९, २२ : ५८
2 Shares

तिलोत्तमा । देशभर आज एक साथ स्थानीयतहको निर्वाचन भएको छ ।निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि तोकिएके थियो यद्यपी केहि स्थानमा राति अबेरसम्म मतदान चलेको थियो । त्यस्तै केहि जिल्लाका केन्द्रमा मतदान स्थगित भएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ को मतदान प्रक्रिया तिलोत्तमा नगरपालिकामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहानको केही समय वर्षाको कारण निर्वाचन प्रभावित भएपनि त्यसपछिको समयमा भने शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो । यद्यपि दिउँसोको समयमा भने केही क्षण मतदातालाई प्रभावित पारेको थियो ।

मतदाताको कूल संख्या ८५७४७ रहेको तिलोत्तमा नगरपालिकामा ६४७२८ मत खसेको छ । एमालेको मानिने तिलोत्तमा नगरपालिकाको वाड नम्बर १ मा ४०७७ मत खसेको छ ।

त्यसैगरी वाड नम्बर २ मा ७१ प्रतिशत मत खसेको छ । कूल ५१४४ मतदाता रहेको सो वाडमा ३६५४ मत खसेको जनाइएको छ । नगरको वाड नम्बर ३ मा ४११५ मत खसेको छ ।

त्यसैगरी वाड नम्बर ४ मा ३४४४ मत खसेको जनाइएको छ । उता शहरीकरण बढ्दै गइरहेको वाड नम्बर ५ मा ३३६२ मत , वाड नम्बर ६ मा ५०४७ मत ,वाड नम्बर ७ मा ४९७० मत , त्यसैगरी वाड नम्बर ८ मा ३४६८ मत खसेको छ ।

त्यसैगरी वाड नम्बर ९ मा ३५२० मत , सबैको नजरमा परिरहेको वाड नम्बर १० मा २६९१ मत , वाड नम्बर ११ मा ५३९१ मत , वाड नम्बर १२ मा २७७८ , वाड नम्बर १३ मा २९७१ मत खसेको छ ।

यसतै गरि वा नम्बर १४ मा ४७६२ , १५ मा ३०६४ ,१६ मा ३२१८ र वाड नम्बर १७ मा ४१९६ गरि जम्मा ६४७२८ मत खसेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।