ताजा अपडेट »

कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट वृद्धको मृत्यु

शुक्रबार, ३० बैशाख २०७९, १८ : ०२
4 Shares

काठमाडौं । रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

जनककुमार बाँठामगर सवार गाडिबाट बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।