ताजा अपडेट »

रुपन्देहीको मर्चवारमा ग्यास विस्फोट, एक महिला घाइते

शुक्रबार, ३० बैशाख २०७९, १७ : ४०
4 Shares

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा शंकास्पद बिष्फोट भएको छ । बिष्फोटमा परि एक महिला घाइते भएकी छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ५ बनियाँडिहामा ओम प्रकाश मिश्रको घरमा बिष्फोट हुँदा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस्तै बिष्फोटमा परि उनको श्रीमति ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छिन्।

उनको हात, पाखुरा लगाएतको भाग जलेको र उपचारको लागी नजिकै स्वास्थ्य चौकी लगको पारिवारीक श्रोतले जानकारी दियो । बिष्फोट किन र कसरी भयो भन्ने बिषयमा स्थानिय प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ । स्थानीय तहको मतदान समेत भइरहेको समयमा बिष्फोट भएको हो । बिष्फोटबाट पाण्डेको घर ढलेको छ ।

भान्छा घरमा बिष्फोट भएको र यसको असर अन्य कोठाहरुमा समेत परेको छ । ग्याँस सिलिण्डर लिक भएर बिष्फोट हुन सक्ने प्रहरी चौकी वडवलियाबाट खटिएको टोलीको अनुमान रहेको छ । यता नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार समेत रहेका ओम प्रकाश पाण्डेका दाजु सोमनाथ पाण्डेले आफ्नो घरमा बम बिष्फोट गराइएको दावी गरेका छन् । “कुकर, ग्यास सिलिण्डर जस्ताको त्यस्तै छ, केही क्षति भएको छैन । प्रहरीले के आधारमा ग्यास पड्केको भन्छ ?” पाण्डेले भने “घरमा रहेको झ्याल फुटाइ बम बिष्फोट गराइएको हो।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।