बुटवल । स्याङ्गजा वालिङ–१४ सिख्रेमा जिप दुर्घटना भएको छ । शुक्रबार चुनावका दिन मतदाता बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु र दर्जन बढी घाइते भएको प्रतक्ष्यदर्शीले जनाएका छन् । जिल्लाको सिक्रेबाट तिवारी पसल मतदान केन्द्रतर्फ जाँदै गरेको जिप अर्खलावासमा दुर्घटना भएको हो ।
सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परी केहि गम्भीर घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी ।
प्रतिक्रिया