ताजा अपडेट »

स्थानीय र पश्चिमी वायुको प्रभाव : कुन-कुन प्रदेशमा वर्षाको सम्भावना छ ?

शुक्रबार, ३० बैशाख २०७९, ०६ : ५६
32 Shares

काठमाडौं ।  नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी बुलेटिनमा लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको उल्लेख छ।

शुक्रबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश  र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

शनिबार प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

आइतबार प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।