ताजा अपडेट »

गृहमन्त्री खाँणसहित कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

विहीबार, २९ बैशाख २०७९, २० : २५
2 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाँणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरित गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरित गतिविधि गरेको भन्दै मन्त्री खाँण र काँग्रेस उम्मेदवार रामकृष्ण खाँणमाथि कारवाहीको माग गरेका हुन् ।

गृहमन्त्री र उम्मेदवार खाँणविरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको। भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाँणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।