ताजा अपडेट »

चितवन कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित

विहीबार, २९ बैशाख २०७९, १८ : ५२
25 Shares

चितवन । स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवनका थप पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।

पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै निलम्बनमा पर्ने पाँचमध्ये एकजना भरतपुर महानगरपालिका-१ का भीमबहादुर श्रेष्ठ पनि रहेका छन्। उनी पूर्वसांसदसमेत हुन्।

त्यसैगरी भरतपुर-४ का नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल र भरतपुर-२ तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत पनि निलम्बनमा परेका छन्।

त्यसैगरी, भरतपुर-१६ का भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेतर भरतपुर-८ घर भएका क्रियाशील सदस्य डा. केशव पौडेल पनि निलम्बनमा छन्। विधानविपरीत काम गरेकोमा कारबाही गरेको पत्र जिल्ला समिति कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताए।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले यसअघि नै बागी उम्मेदवार पौडेललाई निलम्बन गरिसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।