ताजा अपडेट »

मन्त्री परिषद् पुनर्गठन ,यस्ता छन् सरकारका नयाँ मन्त्रीहरु

बुधबार, ०४ मंसिर २०७६, २२ : ३७
93 Shares

मंसिर ४,
ग्लोबल आवाज
काठमाण्डौं । अन्ततः वर्तमान सरकारको मन्त्री परिषद् पुर्नगठन भएको छ । पहिलेदेखिै मन्त्री हेरफेर हुने भनिएपनि बुधबार साँझ राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको नामावली सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । जस अनुसार घनश्याम भुसालसँगै लेखराज भट्ट, हृदेश त्रिपाठी ,बसन्त नेम्वाङ , पार्वत गुरुङ ,नवराज रावत , रामविर मानन्धर, रामेश्वर राय यादव र मोतीलाल दुगड नयाँ मन्त्री हुन । मन्त्री लाल बाबू पण्डित , गोकर्ण बिष्ट , रघुबिर महासेठ,चक्रपाणी खनाल,मात्रिका यादव, थममाया थापा र राज्यमन्त्रीहरु धन बहादुर बुढा र राम कुमारी चौधरी भने सरकारबाट बाहिरिएका छन् । नव नियुक्त मन्त्रीहरुको सपथग्रहण भने भोली बिहीबार बिहान हुनेछ ।

यस्तो छ नयाँ मन्त्रीहरुको नामावली !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।