ताजा अपडेट »

सोरूमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

विहीबार, २९ बैशाख २०७९, १६ : ०३
8 Shares

मुगु ।  सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएकाे छ ।

झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।