ताजा अपडेट »

पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विहीबार, २९ बैशाख २०७९, ०९ : ४०
2 Shares

परासी । पश्चिम नवलपरासीको रामग्राममा मोटरसाईकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भैरहवा परासी सडक खण्ड अन्तरगत रामग्राम १० नदवामा गए राती लु ४९ प ५३६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा रामग्राम ६ पोखरापानी बस्ने वर्ष ४० का हरिद्धार यादवको मृत्यु भएको हो ।

मोटरसाईकललाई ठक्कर दिएर भागेको टिप्परलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । दुई ओटा टिप्पर नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी प्रेम बहादुर शाहिले बताए ।

मृतकका आफन्तले घटनापछि शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका थिए । टिप्पर नियन्त्रणमा लिएपछि गएरातिनै सडक सुचारु भएको डिएसपी शाहिले बताए । प्रहरीले ना ८ ख ४९९ र प्रदेश २-०३-००१ ख १०६१ नम्बरका दुई ओटा टिप्पर नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव अहिले पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।