ताजा अपडेट »

बुटवलको मिलनचोकमा बम पड्कियो

बुधबार, २८ बैशाख २०७९, २० : ४८
14 Shares

बुटवल । बुटवको मिलनचोकमा बुधबार साझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बिस्पोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।