ताजा अपडेट »

मौन अवधिमा कपिलवस्तु कांग्रेसलाई झड्का, महाधिवेशन प्रतिनिधिले दिए राजीनामा

बुधबार, २८ बैशाख २०७९, १८ : ३९
4 Shares

कपिलवस्तु । मौन अवधिको समयमा नेपाली काँग्रेस कपिलवस्तुलाई झट्का लागेको छ । नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्य समेत रहनु भएका कृष्ण प्रसाद पौडेलले आज राजीनामा दिएका छन् ।
२०३७ साल देखि निरन्तर पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेलले निष्ठावान् कार्यकर्ताको रूपमा चिनिन्छन्। पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, २ पटक महाधिवेशन प्रतिनिधि समेत भएका राजीनामा पछि स्वतन्त्र रहने बताएका छन् ।

उनकोे राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका लगायत कपिलवस्तुको जिल्ला भरी प्रभाव पर्ने बताइएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ
म श्री कृष्ण प्रसाद पौडेल नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र , समाजवाद को मूल्य मान्यता र आदर्श प्रति पूर्ण रूपमा निष्ठावान् रही वि.स.सं २०३७ साल मा नेपाली काँग्रेस कपिलवस्तु का संस्थापक नेता स्व.आदित्य राज ज्ञवाली को हातबाट सदस्यता लिए पश्चात् नेपालको प्रजातान्त्रिक आन्दोलन मा लागेको एउटा सिपाही र पार्टीको कार्यकर्ता हुँ ।
मैले पार्टीमा क्षेत्रीय सचिव जिल्ला कार्यसमिति सदस्य, दुई पटकसम्म निर्वाचित महाधिवेशन प्रतिनिधि भई काम गरे ।हाल आएर स्थानीय तहको निर्वाचन मा पार्टी नेतृत्वले पुराना निष्ठावान् कार्यकर्ता लाई पाखा लगाउने चरम गुटबन्दी , चाकरी प्रथा लाई प्रशय दिएको ले यो बेथिति पार्टीले सृजना गरेको हुँदा आज सम्म सङ्गठन मा लगाएको लगानी गरेको योगदानको अवमूल्यन गर्दै आएकोले बाध्य भएर यो कठोर प्रकारको राजनैतिक निर्णय लिन बाध्य छु ।
सङ्घीय संसदियबोर्डको म सदस्य पनि हुँ । मेरो उपस्थितिमा शिवराज नं.पा.वार्ड नं.१ मा राहुल थारु लाई दिइएको टिकट उल्ट्याएर विनोद कुँवर ,वार्ड नं. ४ केशरी जैसवाल(मगरु) लाई दिइएको टिकट निर्णय उल्ट्याएर शिव कुमार चौहान वार्ड नं.१० राकेश जङ्ग) रायमाझी लाई भएको टिकट उल्ट्याएर देव कुमार भारती,वार्ड नं.८ मा शङ्कर अहिर लाई (यादव) उल्ट्याएर रिजमान मुसलमान लाई आफ्नो मन मौजी तरिकाले हुकुमी शैलीमा निर्णय लाद्ने कार्य पार्टी नेतृत्वबाट भयो ।
वार्ड नं.५ मा २०७४ को स्थानीय चुनावमा नगर उप—प्रमुख मा स्वतन्त्र उम्मेदवार रहेको व्यक्ति हरि प्रसाद पोख्रेल लाई वार्ड अध्यक्ष दिएको २०७४ को स्थानीय निर्वाचन मा नगर प्रमुख मा उम्मेदवार हुनुभएको पार्टी जी.सचिव प्रेम बहादुर रायमाझी की श्रीमती शारदा रायमाझी लाई उप—प्रमुख मा टिकट दिई नातावाद ,कृपावाद लागु गरेको वार्ड नं.५ मा जनाधार भएको सन्तोष थारुलाई नदिएर हरि पोख्रेललाई दिएकोले यस प्रकारको विकृति र विसङ्गति पार्टीमा मौलाउँदै गएको अवस्था रहेका हुनाले आजैका मितिबाट म नेपाली काँग्रेस को सम्पूर्ण पदीय जिम्मेवारी क्रियाशील सदस्य ,साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको र एउटा स्वतन्त्र नागरिक भई बस्ने ब्यहोरा निवेदन साथ अनुरोध छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।