ताजा अपडेट »

शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

बुधबार, २८ बैशाख २०७९, ११ : ४१

थाइल्यान्ड ।  थाइल्याण्डमा अनुयायीलाई आफ्नो फाेहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो।

आफ्नी आमालाई फर्कन अनुमति नदिएपछि एउटी महिलाले तान्त्रिकका कर्तुतबारे जानकारी दिएको प्रहरीलाई सूचना दिने एक व्यक्तिले बताएका छन् । ७५ वर्षीय नानरालाई पक्राउ गरेपछि उनका अनुयायीहरू र प्रहरीबीच झडप भएको थियो । शिविरमा कम्तीमा ११ ओटा शवहरू फेला परेका थिए । 

उनले सञ्चालन गरेको शिविर शहरदेखि टाढाको गाउँमा भएकाले लामो समयसम्म प्रहरी त्यसबारे सूचना नपाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।