ताजा अपडेट »

मोदीको सुरक्षाकर्मी लिएर भारतीय विमान भैरहवा विमानस्थलमा

बुधबार, २८ बैशाख २०७९, १० : ४८
6 Shares


भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको बिमान भैरहवामा अवतरण गरेको छ ।

यस संगै गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्र्तराष्ट्रिय विमान हुन पुगेको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनितिक उडान गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो बिमानमा एसपिजीको टोली आएको हो ।

भारतीय प्रधानमन्त्री यहि जेठ २ गते लुम्बिनी आउदैछन् । उनको भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आईपुगेका हुन । उनिहरुलाई छोडेर बिमान आजै फिर्ता जाने गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता साहले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।