ताजा अपडेट »

तिलोत्तमामा गठबन्धनविरुद्ध यस्ता छन् एमालेका उम्मेद्वार

मंगलबार, २७ बैशाख २०७९, २१ : ५८
6 Shares

तिलोत्तमा । नेकपा एमालेले पाँच दलिय गठबन्धनलाई परास्त पार्न तिलाेत्तमा नगरपालिकामा निडर , क्षमतावान , मिजासिला , समाजसेवामा समर्पित , इमान्दार , जुझारू , समाजमा प्रभाव स्थापित गरेका युवा जाेस जाँगरहरूलाई उमेदवारकाे रूपमा अघि सारेकाे छ । विगत ३ दशक पत्रकारिता क्षेत्रमा आफूलाई समर्पित गरेका जाेसिला युवा माेहन चापागाईं नगरकाे मेयरकाे रूपमा उभिएका छन् । पत्रकारिताकाे माध्यमबाट समाजलाई राम्री नियालेका चापागाईं यसपाली आफू नगरकाे प्रमुख पदमा जीत हाँसिल गर्नेमा ढुक्क छन् ।

अर्काेतर्फ पाँच वर्ष नगरमा उपप्रमुख पदमा रहि नगरकाे समग्र विकासमा अब्बल साबित भएकी जागेश्वर देवी चाैधरीले पुनः उमेदवारी दिएर अाफ्नाे नै जीत सुनिश्चित रहेकाेमा उनी पनि ढुक्क छिन् । उनकाे पहलमा नगरमा महिला अात्मनिभर्ता र महिला शशक्तिकरणकाे क्षेत्रमा उल्लेख्य काम भएका छन् । उनकाे पाँच वर्षे कार्यकालमा नगरले धेरै क्षेत्रमा मुहार बदलेकाे छ । नेकपा एमाले तिलाेत्तमा नगर कमिटीले नगरकाे मेयर र उपमेयरमा मात्रै नभई वाड अध्यक्ष र सदस्यमा अब्बल उमेदवार उठाएकाे छ । जसकाे कारण नगरमा नेकपा एमालेकाे जीत सुनिश्चित हुनेमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे ढुक्क छन् ।

तिलाेत्तमा वाड नम्बर १ नेकपा एमालेकाे गढ भएकाे वाडकाे रूपमा चिनिएकाे छ । यस वाडका स्थानीय नेकपा एमालेप्रति ढुक्क छन् । नगर र वाडकाे विकास गर्ने एक मात्रै पार्टी नेकपा एमाले रहेकाे वाडबासी नरेन्द्र गिरीकाे ठहर छ । हरेक तहका नगरबासीलाई समान तरिकाले व्यवहार गर्ने पार्टी भनेकाे नेकपा एमाले नै भएकाे उनले बताएका छन् । तिलाेत्तमा १ काे वाड अध्यक्षमा फर्सुराम गिरीलाई उमेदवार बनाइएकाे छ । गिरी बिगतदेखि नै अाफूलाई सामाजिक काममा समर्पित गर्दै अाएका इमानदार व्यक्ति हुन् । साेही कारण पार्टीले उनलाई विश्वास गरि टिकट दिएकाे उनले बताए ।

उनी छत्तीस माैजाकुलापानी सिचाईँकाे समेत उपाध्यक्ष रही नगरका किसानका समस्या नजिकैबाट नियालेका प्रभावशाली व्यक्ति हुन् । त्यसतै वाडका सदस्यहरू पनि उत्तिकै इमानदार र कर्मठ छन् । वाड नम्बर १ का सदस्य उमेदवार हरू गितादेवी न्याैपाने , विष्णुप्रसाद पाण्डे र मिलन राना छन् । दलित महिला सदस्य उमेदवार हिरादेवी बिक भने फेरि दाहाेरिएकी छन् । यता वाड नम्बर दुईमा काशिराम काफ्लेलाई वाड अध्यक्षकाे रूपमा पार्टीले टिकट दिएकाे छ । त्यसैगरी सदस्यकाे उमेदवारमा साबित्रा पन्थी अाचार्य , रूपा बिक , इश्वर न्याैपाने र खेमराज पाठक( रामकृष्ण)लाई अघि सारेकाे छ ।

त्यस्तै वाड नम्बर ३ मा नगरले नेकपा एमालेबाट घनश्याम पाैडेल (रामु )लाई टिकट दिएकाे छ । सदस्यमा शारदा भण्डारी , लक्ष्मी घिले , युवराज पराजुली र रूकबहादुर अधिकारीलाई पार्टीले टिकट दिएकाे नगर कमिटीले बताएकाे छ । वाड नम्बर ४ मा हरि बहादुर क्षेत्रीलाई अध्यक्षकाे रूपमा उभ्याइएकाे छ । सदस्यहरूमा रम्भादेवी घिमिरे , हरि माया नेपाली , गाेविन्द श्रेष्ठ र शंकर कपुर जिसी जितेन्द्र रहेका छन् । वाड नम्बर ५ मा पुनः अध्यक्षमा चेतनारायण भण्डारीले टिकट पाएका छन् । सदस्यमा गायत्री पाण्डे , सुमन नेपाली र यज्ञमूर्ति पाण्डे दाेहाेरीएका हुन् । भने नयाँ सदस्य पदकाे उमेदवारमा मनिस कुमार अधिकारी प्रवेश गरेका छन् ।

वाडका धेरै पुराना अध्यक्षले यसपालीकाे निर्वाचनमा टिकट पाएका छैनन् । वाड नम्बर ६ मा पनि शिव कुमार पाठकलाई पार्टीले वाड अध्यक्षकाे टिकट दिएकाे छ । सदस्यमा दिल कुमारी बाेहरा , सुकमाया नेपाली , नरबहादुर छन्त्याल र यज्ञमूर्ति जैसीलाई टिकट दिइएकाे नगर उपसचिव संगिता गुरूङले बताइन् । त्यसैगरी नगरले वाड नम्बर ७ मा देवी प्रसाद पंगेनीलाई अध्यक्षकाे रूपमा अघि सारेकाे छ । सदस्यमा तारा थापा गणेश भण्डारी , र शाेभाखर ढकाललाई टिकट दिएकाे छ । भने सृजना लाेहनीलाई पार्टीले दाेहाेराएकाे छ । वाड नम्बर ८ मा कृष्णप्रसाद पाैडेलले पार्टीको मन जितेर वाड अध्यक्षमा दाेहाेरिएका हुन् ।

सदस्यहरू कमला पराजुली , साबित्रा दमाई , कमलकान्त गाैतम र खुमबहादुर खासु मगर उमेदवार चयन भएका छन् । वाड नम्बर ९ काे अध्यक्षमा बावुराम भण्डारी , सदस्यहरूमा तारा राना गुरूङ , तारा सुनार , कमल शर्मा रेग्मी र गाेबिन्द गुरूङ ( लब्सन ) रहेका छन् । विपक्षी दलहरूले नगरमा काम भएन भने पनि नगरमा सूक्ष्म तरिकाले कामहरू भएकाेमा नगरले दावी गरिरहेकाे छ । वाड नम्बर १० काे अध्यक्षमा गाेपालप्रसाद घिमिरे सदस्यमा रीता कुमारी चाैधरी , चन्द्रिका नेपाली , देवकी थारू र बालकृष्ण लम्साल उमेदवार छन् । नगरबाट उमेदवारी दिएका सबै उमेदवार हाेनहार र इमानदार रूपमा समाजमा अाफ्नाे पहिचान बनाएका छन् ।

नेकपा एमालेलाई बढी विश्वास गरिएकाे तिलाेत्तमा नगरपालिकाकाे वाड नम्बर ११ मा युवा जाेस जाँगरका प्रतिमूर्ति विष्णु बराल क्षेत्री (विशाल )ले वाड अध्यक्षकाे टिकट पाएका छन् । हालका वाड अध्यक्ष मुक्ति नारायण चाैधरीले सधै एकै व्यक्ति मात्र नभई नयाँ अनुहारलाई पनि अगाडि अाउन जरूरी रहेकाे बताए । यस वाडमा दुई सदस्य पुनः दाेहाेरिएका छन् । राधा शाही ठकुरी वाड अध्यक्षकाे अाकांक्षी हुदाँहुदै पनि सदस्यमा सिमित रहेकी छन् भने लक्ष्मी विश्वकर्मा पुनः सदस्यमै उठेकी छन् । सुनिल्का खवास र उमेश चन्द्र बस्याल वाड नम्बर ११ का सदस्य पदका नयाँ अनुहार हुन् । वाड नम्बर १२ काे अध्यक्षमा पुरानै उमेदवार सहदेव थारूलाई पार्टीले अगाडि सारेकाे छ । सदस्यमा विष्णु अधिकारी चाैधरी थारू , उमा बिक , नागेश्वर यादव , र यमप्रसाद पाेखरेल छन् ।

वाड नम्बर १३ काे अध्यक्षमा माधव काफ्लेलाई अगाडि सारिएकाे छ । सदस्यमा रूपा भण्डारी , मिरा कुमारी बिक , देव बहादुर थापा र धनबहादुर चाैधरी छन् । पुराना अनुहारमध्ये वाड नम्बर १४ मा साेहन थारू पनि वाड अध्यक्षमा दाेहाेरिएका छन् । तुल्सा भुसाल , ज्याेति बिक , भविचन्द्र पुन र श्यामलाल खरेल सदस्यमा छन् त्यसतै वाड नम्बर १५ काे अध्यक्षमा खेमराज गुरूङ पनि दाेहाेरिएका छन् ।

सदस्यमा क्षितिज पाैडेल क्षेत्री , कल्पना भण्डारी पासी , घनश्याम थापा र शाेहरत प्रसाद चाैधरीनगरकाे वाड नम्बर १६ काे वाड अध्यक्षमा केशव चाैधरी छानिएका छन् । भने सदस्यमा उमा थापा खन्गाहा , अनिता देवी बिक , बालकृष्ण बस्याल र महेश बहादुर कँवरले उमेदवारी दिन पाएका छन् । वाडकाे दक्षिण पूर्वमा रहेकाे वाड नम्बर १७ मा लाेकनाथ पाण्डेलाई पार्टीले अध्यक्षमा उठाएकाे छ । सदस्यमा अम्बिका बस्याल , फुलकुमारी हरिजन , विनाेद चाैधरी र राजाराम यादव छन् । यसरी नगरले वाडमा मेयर , उपमेयर , वाड अध्यक्ष र सदस्य गरी ८७ जना उमेदवारलाई अगाडि सारेकाे हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।