ताजा अपडेट »

गहमन्त्री खाँणलाई भुसालको आग्रह : भ्रम नफैलाउनुहोस्, फिता लिएर एमालेले बनाएका सडक नाप्नुहोस्

मंगलबार, २७ बैशाख २०७९, २० : २६
2 Shares

भैरहवा । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनतासंग झुठो कुरो नबोल्न गृहमन्त्री बालकृष्ण खाँणलाई चेतावनी दिएका छन् । नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पूर्वमन्त्री घनश्याम भुसालले एमालेले गरेका सडक विकासलाई फिता लिएर नाप्न समेत आग्रह गरे ।

नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै भुसालले कांग्रेसको आम सभामा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले एमालेका विरुद्ध कु प्रचार गरेको बताए । जनताका बिचमा सिद्धार्थनगरमा हामि हिसाब गर्न आएका हौं । हामीले के के गर्यौ भन्न आएका हौँ हिँजो कांग्रेसले भाषण गर्दा एमालेले नेपाली नागरिकता दिएन भनेर भ्रम फैलाएको बताए ।

‘नागरिकता विधेयक लिएर नागरिकता नपाएकालाई नागरिकता दिन खोज्ने पार्टी एमाले उल्टै एमाले माथि आरोप लगाउने ?’ भुसालले प्रश्न गरे भने । ‘जनताका अंगाडि सहि बोल्न सक्नुहुन्न भने नबोल्नुहोस् ।’ उनले भने ।

नेकपा एमालेले सिद्धार्थनगरमा ५ वर्ष पहिलेको तुलनामा धेरै विकास गरेको बताए । विकास निर्माणका कामहरु बारे भुसालले भने, हामीले बनाएका नयाँ सडक फिता लिएर नाप्नोस् । हामि आए पछि ३० किलोमीटर नयाँ सडक खोलेका छौं । एमालेले गरेका कामलाई जनताका बीचमा भ्रम नफैलाउन आग्रह गरे ।

जनतासंग ब्रमास्त्र आज जनतासंग भएको बताउँदै एमाले नेता भुसालले सहि समयमा सहि ठाउँमा मतदान गर्न आग्रह गरे । सार्बभौमसत्ता जनताले सहि निर्णय गर्ने बेला यहि हो । ५ वर्षको निर्णय गर्ने समय आएको छ । भुसालले भने, लोकतन्त्रमा हामीले सहि समयमा सहि निर्णय गर्न सकेनौं भने गलत हुन्छ । विश्वमा गृह युद्द हुन्छ । १ सय दिनमा १० लाख मानिस मरेका छन् । जनताले ठिक निर्णय गर्ने बेला यहि हो ।’

एमालेका नेता यज्ञजित शाहले नेकपा एमालेका नेता अन्य पार्टीका नेता भन्दा उत्कृष्ट रहेको बताए । नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार डा. राम प्रसाद बस्यालले रचनात्मक कामको बिकासका लागी नेकपा एमालेलाइ मत दिन आग्रह गरेका छन् ।

उनले भने ‘मतदान सु पात्रलाई दिनुपर्छ । कसले काम गर्छ त्यसलाई मत दिनुहोस । भ्रष्टाचारलाई हामी निर्मुल पार्दै छौं । तपाईंहरुले जिताइदिनुहोस । आफ्नो मतको दुरुपयोग नगर्नुहोस । मैले काम गर्ने क्रममा कहिल्यै केहि गलत काम गरेको छैन ।’ बस्यालले भने, म निर्दोष निस्कलन्कित उम्मेदवार हो । उमेर त धेरै भयो भन्नुहुन्छ म कुस्ती लड्न जाने होइन । म आफ्नो बुद्धि विवेकले काम गर्न सक्षम छु ।’

नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार उमा अधिकारीले निरन्तर राजनीति गरेर आएको महिला भएका कारण आफूलाई मत दिन आग्रह गरिन् । अधिकारीले भनिन् ‘राजनीति कसैले श्रीमती , बुहारी, दिदि भएर मत दिने होइन । महिला हिंसाका कुरा उठाउंदा एमालेले धेरै कुरा उठाएको छ । उप मेयरको गरिमाको लागि एउटा कोटाका लागी उपयोग गर्न पाउनुहुन्न ।’

नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीका संयोजक चक्र बहादुर थापाले नेकपा एमालेको बुद्ध चोकबाट मिलन चोकसम्म ब्यापक जनताको उपतले नेकपा उपस्थितिले सिद्धार्थनगरमा चुनाव जित्दै छ भन्ने प्रमाण भएको बताए । थापाले एमालेको कामका कारण सत्ताधारी ५ दलिय गठबन्धन अत्तालिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।