ताजा अपडेट »

बुटवलमा करोडौँको सुन चोरीमा संलग्न ३ जना भारतीय पक्राउ

मंगलबार, २७ बैशाख २०७९, १७ : २०
8 Shares

भैरहवा । बुटवलमा गत १३ गते भएको सुन चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहानगर पालिका वडा नम्बर ६ बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा अन्दाजी ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ बर्षिय मोहद जिशान खाँन, भारत जौहरी मोहल्ला चौक, लखनउका ३६ बर्षिय मोहसिन अब्दुल्लाह खाँन र भारत तकिया पेपर मिल कलोनी, निशातगंज महानगर लखनउ बस्ने २२ बर्षिय मोहम्मद सरिकलाई पक्राउ गरेको जनाएको छ । पसल सञ्चालकले भने केही समय अघि पत्रकार सम्मेलनको आयोजना गरि करिब ५ करोड बराबरको सुन चोरी भएको दाबी गरेका थिए ।

यी मध्ये मोहद जिशान खाँन मूखय अभियुक्त रहेको र उनि चोरी गरिएको पसलकै छेउको कोठामा मासिक ३० हजार तिर्ने गरि भाडामा बसेका थिए । अभियुक्तहरुले घरधनिलाई विश्वास दिलाउन र आफुहरुलाई राम्रो देखाउन एक बर्षको भाडा ३ लाख ६० हजार अग्रिम रुपमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र रेग्मीले बताए । पसल छेउमै भाडामा बसेका अभियुक्तले बैशाख १२ गते राती ग्यास कटरले तिजोरी काटेर ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको रेग्मीले बताए । अपराध गरेको १३ दिनमा प्रहरीले अभियुक्तहरुलाई चोरीको सुन सहित पक्राउ गर्न सफल भएको छ ।

प्रहरी उपरिक्षक रविन्द्र रेग्मीकै कमाण्डमा रुपन्देहीका नायब प्रहरी उपरिक्षक नवरत्न पौडेल, ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराज जंग कार्की, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक नुरुराज सारु, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक सागर भट्टराई, प्रहरी चौकी मेउडिहवाका प्रहरी सहायक निरिक्षक कमल भट्टराईको टिमले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीको ब्यवस्थापनमा भारतीय सीमा नजिकै पक्राउ गरेको जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नमबर प्लेटको गाडी युपी ३२ एल डब्लु ३१५१ सहित अभियुक्तहरुलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । उनले अभियुक्तहरुबाट पंहेलो सुन जस्तो देखिने १ थान पहेलो सिक्का, पहेलो सुन जस्तो देखिने बिस्कुट जस्तो देखिने धातु गरि १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरिएको बताए । यस्तै उनिहरुबाट मोबाईल भारतीय रुपैया, एटिएम कार्ड लगायतका समानहरु फेला परेको छ । चोरी भएको अरु सुन उनिहरुले लुकाएको वा बेचेको सो सम्बन्धमा थप अनुसन्धान भई रहेको एसपी रेग्मीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।